‘स्पेनमा रियल मड्रिडबाहेक कुनै पनि क्लवमा प्रशिक्षण दिन्न’

डिसी नेपाल
७ मंसिर २०७६ १६:०५

काठमाडौं। रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले आफूले स्पेनको ला लिगा क्लवहरुमध्ये रियल मड्रिडबाहेक अन्य कुनै पनि क्लवमा प्रशिक्षण नदिने बताएका छन् । भविष्यमा रियल छाडेपछि अन्य कुनै ला लिगा क्ल्वको प्रशिक्षक बन्नेबारे संचारकर्मीले सोधेको प्रश्नमा जिदानले भने ‘स्पेनमा म रियल मड्रिडलाई मात्र प्रशिक्षण दिनेछु किनकि म एउटा ब्लांको हुँ ।’

जिदानले ग्यारेथ बेलले केही दिन अघि गरेको विवादित सेलिब्रेसनको विषयमा आफूलाई धेरै चासो नभएको बताए । उनले आफूलाई फिल्डभित्रको कुरामा मात्र चासो हुने भन्दै फिल्डबाहिर के भयो भन्ने विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताए । उनले बेल निर्णायक खेलाडी हुन सक्ने भन्दै फ्यानहरुले पनि बेललाई रियलको जर्सीमा देख्न चाहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *