बार्सिलोनाविरुद्ध कोपा डेल रे फाइनल जिताउने कोचलाई भ्यालेन्सियाले फोटोबाट हटायो

डिसी नेपाल
७ मंसिर २०७६ १६:०८

काडमाडौं। स्पेनिस क्लव भ्यालेन्सियाले हालै ट्वीटरमा आफूले गत सिजन कोपा डेल रे जितेपछि खुसी मनाउँदै गर्दाको फोटो शेयर गरेको छ जुन फोटोमा उसले आफ्ना पूर्वप्रशिक्षक मार्सेलिनोलाई काटेर हटाएको छ । यो फाइनलमा भ्यालेन्सियाले स्पेनको बलियो क्लव बार्सिलोनालाई हराएको थियो । फोटोमा छेउमा पूर्वप्रशिक्षक मार्सेलियो पनि थिए जसलाई फोटो काटेर हटाइएको छ ।

भ्यालेन्सिया आइतबार इस्टाडियो बेनिटो भिल्लामारिनमा रियल बेटिससँग खेल्नको लागि फर्कदैछ जुन मैदानमा उनले फाइनलमा बार्सिलोनालाई हराउँदै कोपा डेल रेको उपाधि जितेको थियो । क्लवले गत सिजन कोपा डेल रे जित्दाको सम्झनाहरु समेटेर एउटा रिपोर्ट पनि प्रकाशित गरेको छ । तर, यहाँ पोस्ट गरिएको फोटो सम्पादन गरिएको छ । सम्पादन नगरिएको फोटोमा ५ खेलाडीसँगै पूर्वप्रशिक्षक मार्सेलिनो पनि थिए जसलाई पछि हटाइएको छ ।

स्पेनिस मिडिया मार्काले यसबारे सोध्दा क्लवले सम्पादन गरिएको फोटो प्रकाशन गर्नुको पछाडि आफ्नो कुनै गलत नियत नभएको बताएको छ । भ्यालेन्सियाले यो फोटो सम्पादन गर्नुको पछाडि फोटोमा क्लवका पूर्व सदस्य र एडिडासको सर्ट नदेखियोस् भन्ने चाहना भएको प्रस्ट पारेको छ । भ्यालेन्सियाले एउटा किताबसमेत प्रकाशित गर्ने तयारी गरेको छ जहाँ एउटा च्याप्टर मार्सेलिनोको बारेमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *