‘मानिस सफल र सवल हुन तनावरहित हुनुपर्छ’

डिसी नेपाल
७ मंसिर २०७६ १७:५१

काठमाडौं । राष्ट्रिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले मानिस सफल र सवल हुनको लागि तनाब रहित जिउनुपर्ने बताएकी छन् ।

आज बालकुमारी माद्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा तनाव व्यवस्थापन विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन् ।

योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माद्यमिक विद्यालयले गरेको योगदान अविस्मरणीय रहेको रावलको भनाई रहेको छ । तनाव लिएर हिड्ने व्यक्तिले सिकाउन र सिक्न नसक्ने भएकाले शिक्षक र विद्यार्थी दुवै तनावमुक्त हुनुपर्ने बताइन् ।

कार्यक्रममा ब्रह्मकुमार विजयराज सिग्देलले विद्यालयका शिक्षक व्यवस्थापन समिति अभिभावक तथा विद्यार्थीहरुलाई जीवन जिउने सजिलो तरिकाबारे सिकाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, नरेन्द्र केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया, वालमाविद् अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधानलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक विश्वराज अर्यालले सहजिकरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *