टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै

डिसी नेपाल
८ मंसिर २०७६ ८:१०

काठमाडौँ । बुधाबीमा जारी टी–१० लिगको फाइनल खेलमा आज मराठा अरेबियन्स र डेक्कन ग्लाडीएटर्सबीच भिडन्त हुने हुने भएको छ । फाइनल खेल आज राती नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ ।

गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा डेक्कनले कलन्दर्सलाई १२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । डेक्कनले दिएको ११७ रनको लक्ष्य पच्छ्याएको कलन्दर्स १० ओभरमा ४ विकेट गुमाउदै १०४ रन मात्र बनाएपछि डेक्कन १२ रनले विजयी हुँदै फाइनलमा पुगेको हो ।

यसअघि शनिबार नै भएको पहिलो क्वालिफायरमा कलन्दर्सलाई पराजित गरेर मराठा फाइनलमा पुगेको थियो । त्यस्तै कलन्दर्स र इलिमिनेटरमा पराजित टिम बंगला टाइगर्सबीच आजै तेस्रो स्थानका लागि खेल हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *