लिभरपुल १३ खेलमा लगातार अपराजित, लिगको शीर्षमा कायमै

डिसी नेपाल
८ मंसिर २०७६ ८:१५

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुल १३ खेल खेल्दासम्म अपराजित रहेको छ । १२ खेलमध्ये एक खेलमात्र ड्र खेलेको लिभरपुलले बाँकी सबै खेल जितेको छ । गएराती भएको खेलमा पनि लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गर्यो ।

१३ औं खेलमा २–१ गोल अन्तरको जीत निकाल्दै लिभरपुल लिगको अंक तालिकामा ३७ अंकसहित शीर्षमा कायमै छ । उसले दोस्रो स्थानको लिसेस्टर सिटीलाई ८ अंकले उछिनेको छ । लिसेस्टरको समान १३ खेलमा २९ अंक मात्र छ ।

लिभरपुलको जितमा ब्राजिलियन फरवार्ड रोबेर्टो फिर्मिनोले खेलको निर्णायक गोल गरेका थिए । १–१ गोलको अवस्थामा रहेको लिभरपुललाई खेलको ८५औ मिनेटमा फिर्मिनोले गोल गर्दै जित दिलाएका थिए ।

यस अघि लिभरपुलका लागि सडियो मानेले एक गोल गरेका थिए भने क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले एक गोल गरेका थिए । यो हारपछि क्रिस्टल प्यालेस १३ खेलमा १५ अंकसहित १३ औ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *