यी बुवाको अन्तिम इच्छा, जसले सबैको मन छोयो

डिसी नेपाल
८ मंसिर २०७६ ८:५०

काठमाडौं। ट्विटर सामाजिक संजालको यस्तो मञ्च हो, जहाँ राम्रो कुराको निकै प्रसंसा पनि हुन्छ र गलत कामको विरोध पनि । केही दिन अगाडि एक जना ट्विटर प्रयोगकर्ताको पोस्टले धेरैलाई भावुक बनायो।

ती व्यक्तिले आफ्ना हजुरबुवाको एउटा यस्तो तस्वीर शेयर गरेका थिए, त्यसपछि सबै जनाले उनको त्यो तस्वीरप्रति रुची लिन थाले। ती व्यक्तिले हजुरबुवाको फोटो शेयर गर्दै लेखेका छन्–आज मेरो हजुर बुवाको निधन भयो। अघिल्लो रात उहाँले आफ्ना छोरासँगै अन्तिम पटक बियर पिउनु भएको थियो।’ उनको यो ट्विट अहिले भाइरल बनेको छ।

एडमको देखेपछि कयौं मानिसले आफ्नो अन्तिम इच्छा बताएका छन्। कतिपयले उनको प्रसंसा गर्दै आफू जाँदै गर्दा परिवारका सदस्यसँग रमाइलो गर्नु निकै राम्रो भएको उल्लेख गरेका छन्।

एक जना युजरले लेखेका छन्–उनकी हजुर आमाले पनि अस्पतालमा त्यसैगरी अन्तिम इच्छा पूरा गर्नु भएको थियो। एडमको यो ट्विटलाई १,४१,०० लाइक्स र१२ हजार भन्दा धेरै रि–ट्विट गरिएको छ। मानिसले यो ट्विटमा निधै धेरै कमेन्ट पनि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *