सोसियडाडमाथि जीत निकाल्दै रियल बार्सिलोनासँग अंक तालिकामा बराबरी

डिसी नेपाल
८ मंसिर २०७६ ८:४९

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले महत्वपूर्ण खेलमा जीत हासिल गर्दै अंक तालिकामा बार्सिलोनासँग बराबरी अंकसहित प्रतिस्पर्धा गरिरहेको छ । गएराती भएको रियल सोसियडाडविरुद्धको खेलमा रियलले ३–१ गोल अन्तरको जीत हासिल गरेको हो ।

यसँगै रियल १३ खेलमा २८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । समान १३ खेलबाट समान २८ नै अंक भएको बार्सिलोना गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा छ । गएराती रियलको जितमा करिम बेन्जामा, लुका मोड्रीक र फेडेरिको भालभेर्डेले एक–एक गोल गरेका थिए । सोसियडाडका लागि विलियन जोसेले एक गोल गरेका थिए । यो हारपछि रियल सोसियडाड १४ खेलमा २३ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *