न्यूजिल्याण्डका विकेटकिपर ब्राडली वट्लिङले बनाए करिअरकै पहिलो दोहोरो शतक

डिसी नेपाल
८ मंसिर २०७६ ९:०४

काठमाडौं। न्यूजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्राडली वट्लिङले आफ्नो करिअरकै पहिलो दोहोरो शतक बनाएका छन् । न्यूजिल्याण्डमै जारी इङल्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो टेस्टमा वट्लिङले चौथो दिनमा दोहोरो शतक बनाएका हुन् ।

उनले ४६० बल खेल्दै दोहोरो शतक पूरा गरे । दोहोरो शतक बनाउने क्रममा उनले २३ चौका र १ छक्का हानेका थिए । यो उनको करिअरकै उच्चतम स्कोर हो । यसअघि उनको उच्च स्कोर नटआउट १४२ रन थियो ।

चिया समयसम्म न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा ५९० रन बनाएको छ । २०० रनमा खेलिरहेका वट्लिङलाई अर्को इण्डबाट टिम साउदीले साथ दिइरहेका छन् । यसअघि पहिलो इनिङमा इङल्याण्डले ३५३ रन बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *