टोटनह्याममा जोसे मोउरिन्होको सुखद सुरुवात, डेब्यू खेलमा जीत

डिसी नेपाल
८ मंसिर २०७६ ९:३२

काठमाडौँ । भर्खरै इङलिश प्रिमियर लिग टोटनह्यामको प्रशिक्षक नियुक्त भएका जोसे मोउरिन्होको लागि क्लवमा सुरुवात सुखद् भएको छ । उनी प्रशिक्षक भएपछिको पहिलो खेलमा क्लवले वेस्टह्याममाथि जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्टह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केन, लुकास मोउरा र सन् हेउंग मीनले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामका लागि मिचेल एन्टोनियो र एन्गेलो ओगबोन्नाले एक एक गोल गरेका थिए ।

यो जितपछि टोटनह्याम लिगमा १३ खेलमा १७ अंक हासिल गर्दै छैठौ स्थानमा उक्लिएको छ । वेस्टह्यामको भने १३ खेलमा १३ अंकसहित १६औ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *