बार्सिलोना ला लिगाको शीर्ष स्थानमा कायमै, लेगानेजमाथि महत्वपूर्ण जीत

डिसी नेपाल
८ मंसिर २०७६ १०:००

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना अंक तालिकाको शीर्षमा कायमै छ । गएराती भएको खेलमा बार्सिलोनाले लेगनेजमाथि २–१ गोल अन्तरको जित हासिल अग्रेको हो । यससँगै बार्सा २८ अंकसहित तालिकाको शीर्षमा कायमै छ ।

बार्सिलोनाको जितमा लुइस स्वरेज र अर्टूरो भिडालले एक–एक गोल गरेका थिए । त्यस्तै लेगानेजका लागि योसेफ एन नेसयरीले एक गोल गरेका थिए ।

लेगानेजले खेलको १२औ मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा बार्सिलोना १–० ले पछि परे पनि खेलको ५३औ मिनेटमा स्वरेजको गोलमा बार्सिलोनाले खेल बराबरी गरेको थियो । त्यसपछि खेलको ७९औ मिनेटमा भिडालले निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *