अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक फहरायो नेपाली झण्डा
सबै तस्बिर : लोकेस तिवारी/अमेरिका
वाशिङ्टन डिसी, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको मन्ट्गोमरी काउण्टीले आयोजना गरेको ‘थ्याङ्सगिभिङ परेड २०१९’ मा नेपालीहरुले सूर्य चन्द्र अंकित राष्ट्रिय झण्डासहित ठुलो सहभागिता जनाउँदै नेपाली कला कौशलता प्रदर्शन गरेका छन् ।

मेरिल्याण्ड राज्यको मन्ट्गोमरी काउण्टीले थ्याङ्सगिभिङ परेड २०१९ आयोजना गरेको भन्दै उक्त परेडमा पहिलो पटक नेपाललाई सहभागी गराई आफ्नो कला कौशलता प्रदर्शन गर्न नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) नेपाली समुदायलाई आग्रह समेत गरेको थियो ।

एनइसीसी, एन्पीपीए, एन्ओए, नेपाली पाठशाला अफ मेरिल्याण्ड, नेपाली राजदूतावास लगायत ठुलो मात्रामा नेपालीहरुले सहभागिता जनाएका थिए।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment