पाकिस्तानले पहिलो पटक जित्यो एसीसी इमर्जिङ टिम्स कपको उपाधि

डिसी नेपाल
८ मंसिर २०७६ १०:३०

काठमाडौँ । इमर्जिङ टिम्स एशिया कपको उपाधि पाकिस्तानले पहिलो पटक जितेको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ७७ रनले पराजित गर्दै इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३०२ रनको लक्ष्य पछाएको घरेलु टिम बंगलादेश ४३.३ ओभरमा २२४ रन बनाएर अल आउट भएपछि पाकिस्तान ७७ रनले विजयी भएको हो । बंगलादेशका लागि अफिफ होसैन ध्रुबोले सर्वाधिक ४९ रन बनाएका थिए भने जान्मुल शान्तोले ४६ रन बनाएका थिए । त्यस्तै मेहदी हसनले ४२ रन बनाए भने यासिर अली चौधरीले २२ रन बनाए । बंगलादेशलाई सस्तैमा आउट गर्ने क्रममा पाकिस्तानी बलर मुहमद हसनैनले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै खुशदिल शाह र सैफ बदारले २–२ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै रोहैल नाजीरको शतकीय पारीको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रन बनाएको थियो । नाजीरले १११ बल खेल्दै ११३ रन बनाएका थिए । त्यस्तौ इमरान रफिकले ६२ रन बनाएका थिए भने साउद शकीलले ४२ रन बनाए । त्यस्तै खुसदिल शाहले २७, हैदर अली खानले २६ रन बनाएका थिए । बंगलादेशका बलर सुमोन खानले ३ विकेट लिए भने हसन महमुदले २ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *