चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा

डिसी नेपाल
८ मंसिर २०७६ १०:४३

काठमाडौं । इङलि प्रिमियर लिगमा म्यान्चेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई २–१ गोल अन्तरले हराएको हो । साविक विजेता सिटी खेलमा पहिले १ गोलले पछि परेको थियो तर पछि खेल उल्ट्याउँदै जीत हासिल गरेको हो ।

यससँगै सिटीको १३ खेलमा २८ अंक भएको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ । सिटीको घरेलु मैदानमा चेल्सीले २१औं मिनेटमा एन गोलो कान्टेको गोलबाट अग्रता लिएको थियो । केभिन डे ब्रएनाले सिटीका लागि २९औं मिनेटमा बराबरी गोल फर्काए । ३७ औं मिनेटमा रियाद महारेजले विजयी गोल गरे । यो खेलमा दोस्रो हाफमा कुनै पनि गोल भएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *