रोनाल्डोबिना जीत निकाल्दै युभेन्टस शीर्षमा कायमै

डिसी नेपाल
८ मंसिर २०७६ ११:१६

काठमाडौं। इटालियन सिरी ए मा युभेन्टस शीर्ष स्थानमा कायमै छ । गएराती भएको खेलमा रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टसले एट्लान्टामाथि ३–१ को जित हात पारेको छ।

युभेन्टसको जीतमा गोन्जालो हेगुइनले दुई तथा पाउलो डिबालाले एक गोल गरे । खेलको ५६ औं मिनेटमा राबिन गोसेन्सको गोलमा एटलान्टाले पहिलो अग्रता लिएको थियो। सो अग्रतालाई हेगुइनले खेलको ७४ औं मिनेटमा गोल गर्दै बराबरी गरे।

त्यसपछि उनले ८२ औं मिनेटमा पुनः गोल गरे र टोलीलाई २–१ को अग्रता दिलाए। हेगुइनको सो अग्रतालाई अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दे डिबालाले ३–१ बनाए। जितसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले ३५ अंक जोडेको छ। त्यस्तै पराजित भएको एट्लान्टा भने २२ अंकसहित छैटौ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *