महत्वपूर्ण खेलमा बायर्नको फराकिलो जीत

डिसी नेपाल
८ मंसिर २०७६ १२:१९

काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा महत्वपूर्ण खेलमा फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा बायर्नले फोर्टुना डुसेलड्रोफलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।

फोर्टुनाको मैदानमा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिपे कोटिन्होले एक–एक गोल गरे । पहिलो हाफमा ३–० गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको ११ औँ मिनेटमा पाभर्टले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औँ मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ३४ औँ मिनेटमा सेर्गीले बायर्नका लागि तेस्रो गोल गरे । खेलको ७० औँ मिनेटमा कोटिन्होले गोल गर्दै बायर्नलाई ४–० को सहज जित दिलाए ।

यो जितसँगै बायर्न १२ खेलबाट २४ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । फोर्टुना ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *