पाकिस्तानमाथि अस्ट्रेलियाको विशाल जीत

डिसी नेपाल
८ मंसिर २०७६ १३:०२

काठमाडौं। पाकिस्तानविरुद्ध जारी सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियाले विशाल जीत हात पारेको छ । टेस्टको चौथो दिनमै अस्ट्रेलियाले १ इनिङ र ५ रनको जीत हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा २४० रन मात्र बनाउन सकेको थियो । पहिलो इनिङमा पाकिस्तानका लागि अशद शफिकले ७६, अजहर अलीले ३९, मोहम्मद रिजवानले २७, यासिर शाहले २६ र शान मसूदले २७ रन बनाएका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४, प्याट कमिन्सले ३, जोश हेजउडले २ र नथान ल्योनले १ विकेट लिए ।

अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा मार्नुस लाबुस्चाग्ने र डेभिड वार्नरको शतकको मद्दतमा ५८० रन बनाउँदै पाकिस्तानविरुद्ध ३४० रनको अग्रता बनायो । लाबुस्चाग्नेले १८५, वार्नरले १५४, जो बर्नसले ९७, म्याथ्यु वेडले ६०, ट्रभिस हेडले २४, टिम पेनले १३ र नथान ल्योनले १३ रन बनाए । पाकिस्तानका लागि यासिर शाहले ४, शाहिन शाह आफरिदी र हरिश सोहेलले २–२ तथा इमरान खान र नसिम शाहले १–१ विकेट लिए ।

पाकिस्तानले दोस्रो इनिङमा अस्ट्रेलियाले बनाएको ३४० रनको अग्रता पच्छ्याउने क्रममा चौथो दिनमै ३३५ रनमा अलआउट भयो । पाकिस्तानका लागि बाबर आजमले १०४, मोहम्मद रिजवानले ९५, शान मसुदले ४२, यासिर शाहले ४२ रन बनाए । अस्ट्रेलियाका लागि जोश हेजलउडले ४, मिचेल स्टार्कले ३, प्याट कमिन्सले २ र नथान ल्योनले १ विकेट लिए । अस्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने म्यान अफ द म्याच घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *