भारतले तीन दिनमै जित्यो ‘डे–नाइट टेस्ट’, बाँकी २ दिनको टिकट काट्नेको बिचल्ली

डिसी नेपाल
८ मंसिर २०७६ १४:१९

काठमाडौं। बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारतले तेस्रो दिनको पहिलो सेसनमै जीत हात पारेको छ । कोलकताको इडन गार्डेन स्टेडियममा ऐतिहासिक ‘डे नाइट’ टेस्टमा बंगलादेशलाई १०६ रनमा अल आउट बनाएर पहिलो इनिङ सुरु गरेको भारतले ९ विकेट गुमाएर ३४७ रन बनाएर डिक्लेयर गरेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले १३६ रन बनाउँदा चेतेश्वर पुजाराले ५५ तथा अजिंका रहाणेले ५१ रन बनाएका थिए । पहिलो पारीमा २४१ रनले पछि परेको बंगलादेशले दोस्रो पारीमा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोस्रो इनिङमा बंगलादेशले १९५ रन बनाउँदा अलआउट भयो । यससँगै भारतले खेल एक इनिङ र ४६ रनले जित्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *