नेपाली क्रिकेटको निलम्बन अब पूरै फुकुवा हुने संकेत, आइसीसीको टोली आउँदै

डिसी नेपाल
८ मंसिर २०७६ १५:३५

काठमाडौं । साढे तीन वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निलम्बनमा परेर डेढ महिनाअघि मात्र शर्तसहित निलम्बन फुकुवा भएको नेपाल क्रिकेट संघ (क्यान) लाई लगाइएका शर्तहरु अब हटाइने संकेत देखिएको छ । यी शर्तबारे छलफल गर्न आईसीसीको टोली काठमाडौं आउँदैछ ।

टोली नोभेम्बर अन्तिममा आउने बताइए पनि मिति भने तय भएको छैन । आईसीसीको शर्तबारे आधिकारिक जानकारी नआएपनि प्रशासनिक संचरना र कन्ट्रोल फन्ड सञ्चालन नै आईसीसीको शर्त रहेको महासचिव अशोकनाथ प्याकुरेलले बताए । उनले यही विषयमा नै आईसीसी प्रतिनिधी टोलीसँग छलफल हुने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *