विराट कोहलीले बनाए टेस्टमा अर्को कीर्तिमान, धोनीलाई पछाडी पारे
एजेन्सी । विराट कोहली लगातार सात टेस्ट जित्ने पहिलो भारतीय कप्तान बनेका छन्। उनको कप्तानीमा आईतबार भएको खेलमा बंगलादेशलाई एक ईनिङ र ४६ रनले हराएसँगै पूर्व कप्तान महेन्द्र सिंह धोनी पछि परेका हुन्।
कोहलीभन्दा पहिला यो रेकर्ड धोनीको नाममा थियो। उनको कप्तानीमा भारतले सन् २०१३मा लगातार ६ टेस्ट म्याच जितेको थियो । यस्तै विराट कोहली डे÷नाईट टेस्टमा पहिलो सतक प्रहार गर्ने भारतीय खेलाडी बनेका छन्। उनल बंगलादेश विरुद्ध १३६ रन बनाएका थिए।
कोहली अस्ट्रेलियाका एलेन बोर्डरलाई पछाडी पारेर विश्वका पाचौं सफल कप्तान बनेका छन्। उनको कप्तानीमा भारतले ५३ मध्ये ३३ टेस्ट जितेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment