टेस्टबाट सन्यास लिएका मोहम्मद अमिरमाथि पूर्व कप्तान अकरमले लगाए गम्भिर आरोप
एजेन्सी । पाकिस्तानका पुर्व कप्तान वासिम अकरमले युवा खेलाडी मोहम्मद अमिरले टेस्टबाट सन्यास लिनु गलत भएको बताएका छन्। पाकिस्तान अस्ट्रेलियाको सिरिजमा कमेन्ट्री गरेका उनले अमिर पाकिस्तानको टेस्ट टिममा आवश्यक रहेको बताएका हुन्।
उनले भने ‘अमिर आफ्नो सन्यास फिर्ता लिएर अस्ट्रेलिया आएर टेस्ट खेल्नुपर्छ। पैसाको जरुरत हुन्छ तर सधैं देशलाई प्राथमिकतामा राख्नुपर्छ’ टी–२० सिरिज २–० हारेको पाकिस्तान टेस्टमा पनि अस्ट्रेलियासँग एक इनिङ र ५ रनले पराजित भएको छ।
विश्वका महान बलरमा पर्ने अकरमले फक्स स्पोर्टसँग भने, ‘पाकिस्तानमा राम्रो बलरको कमि रहेको छ। र यही नै सबैभन्दा धेरै समस्या रहेको छ।’ उनले बहाब रियाजले सन्यास लिनु ठूलो कुरा नभएको तर अमिर किन सन्यास लिए भन्ने बुझ्न नसकेको बताए। उनले भने‘रियाज ३५ वर्षका भए र उनको फिटनेस अब टेस्टको लागि ठिक हुँदैन्। तर अमिरले किन सन्यास लिए? उनी त मात्र २७ वर्षका भएको छन्। पाकिस्तान क्रिकेट बोर्डले उनको लागि ५ वर्षसम्म खर्च गर्यो। तर उनले बदलामा के दिए?’
अकरमले रियाज र अमिरमाथि गम्भिर प्रश्न उठाएका छन्। भने, ‘अमिर र रियाज दुवैलाई थाहा छ कि टेस्ट क्रिकेटमा धेरै मेहनत गर्न पर्छ। त्यसैले उनीहरु सिमित ओभरको क्रिकेट खेल्न चाहन्छन्। दुनियामा लिग क्रिकेटमा धेरै पैसा प्राप्त हुने गर्छ। यही लोभले गर्दा उनीहरुले देशलाई प्राथमिकता दिएनन्।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment