टी–१० लिगको उपाधि मराठा अरेबियन्सलाई
काठमाडौँ । अबुधाबीमा भएको टी–१० लिगको तेस्रो संस्करणको उपाधि मराठा अरेबियन्सले जितेको छ। फाईनलमा ग्लाडीएटर्सलाई ८ विकेटले पराजित गर्दै मराठाले पहिलोपटक टी–१० लिगको उपाधि जितेको हो।
अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा ग्लाडीएटर्सले दिएको मात्र ८८ रनको लक्ष्य मराठाले ७.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। मराठाका चाडविक वाल्टनले विस्फोटक ब्याटिङ गर्दै अर्धसतक पुरा गरे। उनले २६ बलमा ५१ रन बनाए। यस्तै क्रिश लिनले १६ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीएटर्सले १० ओभरमा ८ विकेट गुमाएर मात्र ८७ रन बनाएको थियो। ग्लाडीएटर्सका अशिफ खानले सर्वाधिक २५ रन बनाए। यस्तै भानुका राजापाक्षेले २३ रन बनाए। मराठाका ड्वेन ब्राभोले २ विकेट लिए।
२०१७ देखि सुरु भएको टि–१० लिगको पहिलो संस्करणको विजेता केरला किंग्स रहेको थियो। यस्तै सन २०१८मा भएको दोस्रो संस्करणको उपाधि नर्दर्न वारियर्सले जितेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment