मोफसलबाट नयाँ मिष्टर नेपालको खोजी

डिसी नेपाल
१० मंसिर २०७६ १०:४८

काठमाडौं। नयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०२०’को खोजी सुरु भएको छ। आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिष्टर नेपालको खोजी सुरु गरेको हो।

गत कात्र्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन धनगढी, बिरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो। बिरगन्ज अडिसनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छानिन सफल भएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन्। दुबै अडिसनमा दुई दर्जन बढी सहभागी रहेका थिए।

एक्सपोज नेपालकी सिइयो अर्चना थापा, रबिन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज बर्णवाल, सन्तोष लगायत छनौट चरणको निर्णायकमा रहेका छन्। प्रतियोगिताको छनौट चरणको अडिसन १० गते मंगलबार बुटवल, १२ गते पोखरा र १४ गते काठमाडौमा आयोजना हुनेछ। काठमाडौ अडिसनपछि छनौट चरणको अडिसन सकिने आयोजकले जनाएको छ।

१७ बर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागीता रहेने प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइनेछ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौदर्य प्रतियोगिता हो।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *