१० फोटोमा हेर्नुहोस् यी हुन् क्रिकेटर हार्दिककी हट गर्लफ्रेण्ड, गिफ्टमा दिए ‘पप्पी’

मुम्बइ। भारतीय क्रिकेट टिमका अलराउण्डर हार्दिक पंड्याले बलिउड अभिनेत्री उर्वशी रौतेलालाई ‘पागलपंती’ फिल्ममा राम्रो भूमिका निभाएको भन्दै बधाइको रुपमा एउटा पप्पी (कुकुरको बच्चा) गिफ्ट दिएका छन् ।

उर्वशीले आफ्नो परिवारमा थपिएको यो सानो सदस्यको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उर्वशीले यो पप्पी कसले गिफ्ट दिर्एको भन्ने खुलाएकी छैनन् तर भारतीय मिडिया रिपोर्टमा यो गिफ्ट हार्दिकले नै र्वशीलाई दिएको उल्लेख गरिएको छ । रिपोर्टका अनुसार उर्वशी पालतु जनावरकी सौखिन भएकोले हार्दिकले यो गिफ्ट दिएका हुन् ।

हार्दिक र उर्वशीको इन्स्टाग्राममा पनि यही एउटै कुकुरको बच्चा देख्न सकिन्छ । हार्दिकले पनि त्यही कुकुरको बच्चाको साथमा फोटो खिचाएर पोस्ट गरेका छन् । यसअघि यी दुईबीच प्रेम सम्बन्ध भएको पनि मिडिया रिपोर्टमा दावी गरिएको थियो । सम्बन्धबारे यी दुईले कुनै आधिकारिक बयान भने दिएका छैनन् । यो कुकुरको बच्चा दुवैको इन्स्टाग्राममा देखिनुले यो हार्दिकले नै उर्वशीलाई गिफ्ट दिएको कुरालाई बल पुगेको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position