सृष्टिसँगको बिहेबारे सौगात भन्छन् – छिट्टै गर्छौ तर ठ्याक्कै कहिले सोँचिसकेका छैनौं

डिसी नेपाल
१० मंसिर २०७६ १७:१९

काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयदेखि प्रेममा छन्। लिभिङ टूगेदरमा रहेका यी दुई एकअर्कासंग खुशी देखिन्छन्। त्यसैले त सम्बन्धलाई बिहेमा परिणत गर्ने सोँचमा पुगिसकेका छन्।

मंगलबार राजधानीमा भएको एक भेटमा सौगातले आफूहरु छिट्टै बिहे गर्ने सोँचमा पुगेको बताए। उनले भने, –‘हामीहरु एकअर्कासंग एकदमै खुशी छौ। अब छिट्टै बिहे गर्नुपर्छ भन्ने सोँच हो। तर ठ्याक्कै कहिले भन्ने सोँचिसकेका छैनौं।’

दसैंअगाडी सौगात र सृष्टि दुबै यूके पुगेका थिए। सो बेला सृष्टिको बुवाआमासँग बिहेको कुरा गर्न सौगातपनि यूके पुगेको चर्चा थियो। तर, सौगातले आफू भेटघाटका लागि मात्र यूके गएको बताए। उनले भने, –‘अहिले मात्र होइन्। यसभन्दा अगाडी पनि गएको थिए। पहिला पनि सृष्टिको परिवारसंग भेटेको थिए।’

आफूहरुको सम्बन्धमा सृष्टिको परिवार खुशी रहेको सौगातले बताए। ‘उहाँहरु सबैजना खुशी हुनुहुन्छ। बिहे कहिले गर्ने तिमिहरुले सोँच भन्नुभएको छ’– सौगातले सुनाए।

यी दुई पर्दामा समेत एकसाथ देखिँदै आएका छन्। उनीहरुले अभिनय गरेको फिल्म ‘पोई पर्यो काले’ गत महिना प्रदर्शनमा आएको थियो। त्यस्तै यी दुईले एकसाथ काम गरेको फिल्म ‘मासु भात’प्रदर्शनमा आउन बाँकी छ।

सौगातको नयाँ फिल्म ‘माछा माछा’ भने यही मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ। यस फिल्मको गीतमा पनि सौगात र सृष्टि आइटम नृत्य समावेश छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *