महिनावारीलाई पाप-धर्मको रुपमा लिनु हुदैन : मन्त्री मगर

डिसी नेपाल
१० मंसिर २०७६ १७:३२

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन् ।

मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोडने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । महिनावारीलाई पाप र अछुतो भन्दा पनि सम्मानसँग जोडेर हेर्नुपर्ने मन्त्री मगरको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले सार्वजनिक विद्यालयहरुमा सेनेटेरी प्याड वितरण गर्ने सरकारको कार्यक्रमले महिनावारीलाई हेयको दृष्टिकोणले हेर्न नहुने सन्देश दिएको पनि स्पष्ट पारिन् ।

मन्त्री मगरले महिनावारी बार्ने चलन सामाजिक कुरितीको रुपमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने पनि बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *