‘रसुवागढी–काठमाडौं रेलवे’ अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति

डिसी नेपाल
१० मंसिर २०७६ १९:१८

काठमाडौं । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।

सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।

यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पु¥याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अव रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताए ।

यस अघि चिनिया राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको क्रममा सो रेल वे निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *