प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : सघन कक्षमा उपचार, अवस्था स्थिर

डिसी नेपाल
१० मंसिर २०७६ १९:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सघन कक्षमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था स्थिर छ ।

मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेका साँझ साढे ७ बजे अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताए । उनले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उनको स्वास्थ्यमा अरु पुराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पारे । अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी छन् ।

मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *