महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही होइन : मन्त्री गुरुङ

डिसी नेपाल
१० मंसिर २०७६ २०:४९

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको बताएका छन् ।

मंगलबार राष्ट्रिय बाल अधिकार परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् । मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनसंरचना गर्न आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराए ।

मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो¥याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *