बेहुलीको पोशाकमा रहेका तीन सय युवती दिउँसै सडकमा दौडिएपछि…
काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा गत आइतबार एउटा अनौठो दौड प्रतियोगिताको आयोजना गरिएको थियो। यो दौड प्रतियोगिताको नाम वेडिंग प्याकेज राखिएको थियो। यो दौड प्रतियोगितामा करिव ३०० युवती बेहुलीको पोशाक लगाएर दौडिएका थिए। यो दौड प्रतियोगितामा प्रथम हुने युवतीलाई ७१ लाख रुपैयाँको वेडिङ प्याकेज दिइएको थियो।

वर्षैपिच्छे आयोजना हुने यो प्रतियोगितामार्फत युवतीहरुको विवाहलाई अविस्मरणीय बनाइन्छ। यो प्रतियोगिताको मुख्य उद्देश्य भनेको वेडिङ प्याकेज जितेर आफ्नो विवाह भव्य तरिकाले गर्न सकुन भन्ने हो।

यो प्रतियोगिताको विशेषता भनेको बेहुलीसँगै बेहुला पनि दौडिन पाउँछन्। यो प्रतियोगितामा गत वर्ष करिव १०० युवतीले भाग लिएका थिए। तर यो वर्ष करिव ३०० युवतीले यो प्रतियोगितामा भाग लिएका थिए।

यस्तै विचित्रको कार्यक्रमको आयोजना फिनल्याण्डमा पनि गरिन्छ। फिनल्याण्डमा कम्मरमा पत्नीलाई उल्टो पारेर बाँधेर दौडिने टास्क दिइन्छ। यो प्रतियोगिताको नाम वाइफ क्यारिङ हो। जहाँ जितको पुरस्कार पनि अगल किसिमको हुन्छ। यो प्रतियोगितमा प्रथम हुनेलाई आफ्नो कम्मरमा बाँधेको पत्नीको वजन जत्तिकै वियर उपहार दिइन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment