सुर्खेतमा ट्याक्टर दुर्घटना, ३७ विद्यार्थी घाइते

डिसी नेपाल
११ मंसिर २०७६ १७:२३

सुर्खेत। जनज्योति माध्यमिक विद्यालय बड्डीचौरमा कृषि जेटिए विषयमा अध्ययनरत विद्यार्थीहरु सवार ट्याक्टर हल्दुमा दुर्घटनाहुँदा ३७ जना घाइते भएका छन् । कर्णाली राजमार्गमा पर्ने बड्डीचौर–तल्लोडुङ्गेश्वर सडक खण्डको बराहताल–५ हल्दुमा बिहीबार ट्याक्टर दिउँसो दुर्घटनाहुँदा विद्यार्थीहरु घाइते भएका हुन् ।

विद्यालयले अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कंडेलले जानकारी दिए । घाइते मध्य दुइ जनाको अवस्था गम्भीर रहेको छ ।
घटना लगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीहरुको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुठाएको कंडेलले बताए ।

घाइतेहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । स्पीड बढी र हाइड्रोलिक भएको ट्याक्टरको ट्रालीको स्वीच थिच्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको अनुमान छ ।

प्रहरी ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमख उदयसि‌ंह सिजापतिले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *