हुम्ला : टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुग्यो (अपडेट)

डिसी नेपाल
१२ मंसिर २०७६ ६:३०

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ भएको टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा परेका १३ घाईने मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसँगै यात्रु बोकेर नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ ख ३२६९ नम्बरको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी अन्य १२ जना घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा नाम्खा गाउँपालिका–१, हेप्काका छिरिङकर्मा तामाङ, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ का बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका–६ का बक्त रोकाया रहेका छन् । प्रहरीका अनुसार टिपर चालकले अत्यधिक मदिरा सेवन गरेको पाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *