अर्घाखाँची बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट)

डिसी नेपाल
१२ मंसिर २०७६ १०:००

काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

उक्त बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा, ७ जनाको चौहारा अस्पताल बुटवलमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *