यो कोर्स पास नगर्नेको जीवनभर नहुने भयो विवाह
काठमाडौं। विवाहलाई त्यत्तिकै पवित्र भनिएको होइन, विवाह एक, दुई होइन जन्मौं जन्मको नाता पनि भनिन्छ। तर यदि विवाह गर्नलाई कुनै कोर्स बनाउने र त्यो कोर्स पास नभए विवाह नहुने हो भने के हुन्थ्यो? यस्तै हुन गइरहेको छ।
अन्तर्राष्ट्रिय मिडियो रिपोर्टका अनुसार इण्डोनेशिया सरकारले ‘प्रि–वेडिङ कोर्स’ लाई २०२० देखि निशुल्क चलाउने योजना बनाएको छ। यो कोर्सलाई ह्युमन डेभलपमेन्ट एण्ड कल्चर अफेयर्स र मिनिस्ट्री अफ रिलिजन एण्ड मिनिस्ट्री अफ हेल्थ इण्डोनेशियाले संयुक्त रुपमा तयार पारेका हुन्।

यो कोर्सका अनुसार युवाको जीवनमा विवाहपछि आउने परिवर्तनका विषयमा जानकारी दिइनेछ, ताकि उनीहरुले वैवाहिक जीवनका समस्यालाई सजिलैसँग समाधान गर्न सकुन्। यो कोर्स तीन महिलाको हुनेछ।
तर रोचक कुरा के छ भने यदि कसैले यो कोर्स पास गर्न सकेन भने उसलाई विवाह गर्ने अधिकार हुने छैन। यो कोर्समा त्यतिमात्रै होइन कसरी वैवाहिक जीवनलाई सफल बनाउने र बाल बच्चको रेखदेख कसरी गर्ने भन्ने विषयमा पनि जानकारी दिइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment