यी व्यापारीले ४१ वर्षपछि आफ्नी आमा भेट्टाए, भावुक बनाउने कहानी

डिसी नेपाल
१२ मंसिर २०७६ १२:०९

काठमाडौं। विश्वमा सबैभन्दा सुन्दर सम्बन्ध आमा र छोराछोरबीच हुन्छ। त्यही भएरै आमा र छोराछोरीबीचको सम्बन्धलाई पवित्र पनि मानिन्छ। एक जना आमाका लागि आफ्ना सन्तान भन्दा ठूलो कुरा केही हुन सक्दैन।

त्यही भएरै आमा र सन्तानबीचको सम्बन्धलाई निकै सम्मान पनि गरिन्छ। केही सन्तान यस्ता पनि हुन्छन् जसले आमाको माया पाएका हुँदैनन्। तपाईँसँग सबै कुरा छ, तर आमाको माया छैन भने जीवन सार्थक हुँदैन। तर मानिस जति नै धनी भएपनि आमाको ममता किन्न सकिँदैन। आज हामी यस्तै एक जना व्यक्तिको विषयमा जानकारी दिन गइरहेका छौं।

यी व्यक्तिले आफ्नी आमाको खोजी गर्दै सात समुद्र पारि पुगे। यी व्यापारीले आफ्नी आमासँग विछोड भएको ४१ वर्षपछि आमालाई भेट्टाएरै छाडे। डेनमार्कका डेविड निल्सन ४१ वर्षपछि आफ्नी आमालाई भेट्न भारत आएका छन्।

डेविडले आफ्नी आमालाई विगत ६ वर्षदेखि खोजिरहेका थिए। यही क्रममा उनले आफ्नी आमा मनालीमा रहेको थाहा पाएका थिए। आमा भारतको मनालीमा रहेको थाहा पाएपछि उनी आमासँग भेट्न आए। यत्रो वर्षसम्म उनकी आमाले ‘मेरो छोरो, मेरो छोरा’ भन्दै पुकार्दै बसेकी थिइन्।

डेविड आफ्नी आमासँग तमिलनाडूको पल्लावरमको एउटा बालगृहमा बस्थे। बाल गृहले विना कुनै जानकारी डेविडलाई धर्मपुत्रका रुपमा अरुलाई नै दिनेको सूचीमा राखिदियो। त्यो बेला डेविडको उमेर मात्र दुई वर्षको थियो। दुई वर्षको उमेरमा उनलाई डेनमार्कका एक दम्पत्तिले धर्मपुत्रको रुपमा ग्रहण गरेका थिए।

यसको जानकारी डेविडको आमालाई पनि थिएन। तर डेविडले यति लामो समयपछि पनि एउटा ब्ल्याक एण्ड ह्वाइट फोटोको सहयोगले आफ्नी आमालाई खोज्न र भेट्टाउन सफल भए। डेविडले आफ्नी आमालाई भेटेपछि भने–यो मेरा लागि निकै भावनात्मक पल हो।’

डेविडकी आमा मनालीका मानिसको घरमा काम गर्छिन्। उनी आफ्नो कान्छो छोरा सरवननसँग बस्छिन्। डेविडका आमा बुवा निकै गरीव थिए। त्यही भएर उनीहरुले आफ्नो छोरालाई बालगृहमा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *