प्रधानमन्त्री ओलीका यी दुई साहसिक काम

डिसी नेपाल
१२ मंसिर २०७६ १२:१८

विचारले फरक र आफूले मत नदिएको व्यक्ति नेता भएपछि प्रधानमन्त्री केपी ओलीका विषयमा जे जस्ता चर्चाहरु छन्, ती सबै मिथ्था भन्न सक्ने अवस्था पनि छैन। सबै सत्य हुन् भन्ने व्यक्ति वा नेताका भनाइलाई पत्याउने अवस्था पनि छैन। तर, अहिले बिमारी भएर अपरेशन गरेर अस्पतालको बेडमा आराम गरिरहनु भएका प्रधानमन्त्री ओलीले यो मुलुकमा दुई वटा यस्ता काम गर्नु भएको छ जोअहिलेको सन्दर्भमा निकै महत्वपूर्ण छन्।

करिब दश वर्षे सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको दललाई आफ्नो दलमा समायोजन गरेर त्यसलाई पचाएर सँगै लिएर अगाडि बढ्नुभएको छ। उहाँले यसरी हिजोको द्वन्द्वरत पक्षलाई आफ्नो साथमा लिएर अगाडि बढ्दा आज उच्छृृंखलता, सडक आन्दोलन, टायर बाल्ने, हड्ताल गर्ने जस्ता जनताका दैनिकीमा असर पार्ने कामलाई निस्तेज भएका छन्।

त्यस्तै अर्को तराईका क्षेत्रीय राजनीतिक दललाई समेत सरकारमा सहभागी गराएर लामो समय अशान्ति र अस्थिरतामा गुज्रिएको नेपाली समाजलाई उहाँले शान्ति र शान्तिको सार्थकता दिलाउने प्रयास गर्नु भयो। यी प्रधानमन्त्री ओलीको सराहनीय काम हो।

यसैगरी पछिल्लो समय आफ्ना समकक्षी अध्यक्ष प्रचण्डलाई दुई नम्बर अध्यक्षमै राखेर कार्यकारी अध्यक्षको काम गर्ने भनेर आफ्नो सुपर पावर पनि यथावत र पाँच वर्षे कार्यकाल पनि आफूले नै पूरा गर्ने गरी एउटा सहमति गरेर सार्वजनिक गर्न प्रधानमन्त्री ओली सफल हुनु भयो।

कम्युनिष्टको शासनले नेपाली समाजलाई अग्रगमनमा लैजाला वा समृद्ध नेपाल बनाउला भन्ने कुरामा त्यति विश्वास गर्न सकिँदैन। तर, केपी ओलीले गर्न खोजेको काम र दिन खोजेको सन्देश चाँहि सराहनीय छ।

यसले एउटा के सन्देश दिएको छ भने इतिहासमै नेपालमा पाँच वर्षसम्म जननिर्वाचित प्रधानमन्त्री नटिकेको अवस्थामा जननिर्वाचित प्रधानमन्त्री ओली पाँच वर्ष पूरा निर्वाचित संसदको कार्यकाल प्रधानमन्त्री भएर टिकेर निर्वाचित बहुमतको प्रधानमन्त्री पाँच वर्ष टिक्छ र काम गर्छ, दुनियाको कुनै पनि शक्तिले हल्लाउन सक्दैन भन्ने कुराको सन्देश संसारलाई र नेपाली जनतालाई दिने प्रयास गर्नु साँच्चै सराहनीय काम हो।

प्रधानमन्त्री ओलीले देशमा विद्रोहीको रुपमा चिनिएका शक्तिलाई आफ्नो साथमै राखेर जसरी अगाडि बढिरहनुभएको छ त्यो प्रशंशनीय कार्य हो। यसले मुलुकमा शान्ति कायम हुँदै जाँदा यसले अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश दिनेछ। पर्यटन वर्षको संघारमा मुलुकमा दैनिक जनजीवन प्रभावित पार्ने खालका आन्दोलन र अन्य कामहरु नहुनु भनेको विदेशमा पनि नेपाल सुरक्षित र शान्त छ भन्ने सन्देश जानु हो। यसले विदेशी नागरिक पनि सहजै नेपाल आउने वातावरण बन्नेछ।

अर्कोतर्फ प्रधानमन्त्रीले इतिहासमै पहिलो पटक जननिर्वाचित प्रधानमन्त्रीले पूरै कार्यकाल सरकार संचालन गर्न सक्छ र मुलुकमा अब राजनैतिक अस्थिरता हुँदैन भन्ने सन्देश दिनुभएको छ यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि राम्रो बनाउँछ । नेपालमा अहिले कच्चा पदार्थ भएर पनि औद्योगीकरण हुन सकिरहेको छैन । वैदेशिक लगानी भित्र्याउने भनिरहँदा विदेशी लगानीकर्ताहरु लगानी गर्न हिचकिचाइरहेका छन् ।

लेखक : जगदीश दाहाल

विगतमा लगानी गरेका लगानीकर्ताहरु पछि बिच्किनुको कारण राजनैतिक अस्थिरता नै हो । एउटा रकारले लगानी गर्नको लागि बनाएको नीति अर्को सरकारले परिवर्तन गरिदिँदा लगानीकताृहरुलाई समस्या परेपछि उनीहरु बिच्किएका हुन् । यतोमा राजनैतिक अस्थिरताले ती लगानीकर्ताहरुलाई आफ्नो लगानी असुरक्षित हुँदैन भनेर विश्वास गर्ने बलियो आधार दिन्छ ।

कम्युनिष्टको शासनले नेपाली समाजलाई अग्रगमनमा लैजाला वा समृद्ध नेपाल बनाउला भन्ने कुरामा त्यति विश्वास गर्न सकिँदैन। तर, केपी ओलीले गर्न खोजेको काम र दिन खोजेको सन्देश चाँहि सराहनीय छ।

जनता समक्ष गएर कम्युनिष्ट शासन र कम्युनिष्टले समृद्ध मुलुक बनाउँदैन भन्नका लागि र समृद्ध मुलुक, लोकतान्त्रिक परिपाटीका लागि ऐतिहासिक लडाइँ लडेको राजनीतिक शक्ति नेपाली कांग्रेसका नेता परिमार्जित हुन, सशक्त हुन र जनतालाई कम्युनिष्टको शासनले लोकतन्त्र र कानुनी राज्यको रक्षा, सम्वद्र्धन गर्न र अनुभूति दिलाउन सक्दैन, समृद्ध नेपाल खोक्रो नारा हो, त्यो कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विश्वास जनतालाई दिलाउन र जनताको अभिमतले बहुमतको सरकार गठन गर्ने दिशा तिर कांग्रेस अग्रसर हुनुपर्छ।

ओली जस्तो शक्तिशाली प्रधानमन्त्री, शक्तिशाली राजनीतिक दल र त्यसको नेता प्रधानमन्त्रीलाई विस्थापित गर्न सजिलो छैन। कांग्रेसले यी कुरा बेलैमा बुझ्न जरुरी छ। तर यति र यसरी भन्दै गर्दा पनि ओलीको स्वास्थ्यलाभको कामना गर्न र ओलीले गरेका राम्रा कामको सराहना गर्न कन्जुस्याईँ गर्न हुँदैन।




प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओलीका यी दुई साहसिक काम

  1. कम्युनिष्टको शासनले नेपाली समाजलाई अग्रगमनमा लैजाला वा समृद्ध नेपाल बनाउला भन्ने कुरामा त्यति विश्वास गर्न सकिँदैन। तर, केपी ओलीले गर्न खोजेको काम र दिन खोजेको सन्देश चाँहि सराहनीय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *