चोरले पसल फोरेर पैसा जस्ताको तस्तै छाडे, प्याज चोरेर भागे

डिसी नेपाल
१२ मंसिर २०७६ १२:४४

काठमाडौं। बजारमा प्याजको मूल्य आकाशिएको छ । नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २३० रुपैयाँ पुगेको छ । प्याजको मूल्य नेपालमा मात्र होइन छिमेकी देश भारत र बंगलादेशमा पनि आकाशिएको छ । अत्याधिक मूल्य बढेको अवस्थामा चोरले समेत पैसा छाडेर प्याज चोरी गरेका छन् ।

नवभारत टाइम्सको समाचार अनुसार घटना पश्चिम बंगालको हल्दियाको हो । यहाँ मंगलबार एक पसल फोरेर चोरी भएको थियो । बिहान हेर्दा पसलमा राखिएको पैसा जस्ताको तस्तै थियो तर चोरले प्याज, लसुन र अदुवा चोरेर भागेका थिए । प्याजको मूल्य १०० रुपैयाँ पुगेपछि ती पसलेले अझै मूल्य बढ्दा महंगोमा बेचेर नाफा कमाउने भन्दै प्याज लुकाएका थिए । तर, चोरले त्यही लुकाएको प्याज चोरिदिएपछि उनको होश उडेको छ ।

अक्षय दास नामका ती व्यापारीका अनुसार चोरी भएको प्याजको मूल्य करिब ३८ हजार रुपैयाँ तथा अदुवा र लसुनको मूल्य १२ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ बराबरको चोरी भएको छ । उनका अनुसार पसलमा पैसा पनि थियो तर चोरहरुले पैसालाई जस्ताको तस्तै छाडेर गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *