कौन बनेगा करोडपतिमा पुगेकी प्रतियोगीलाई अमिताभ बच्चनले पाउ छोएर स्वागत गरे
मुम्बइ। भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’को अन्तिम कर्मवीर एपिसोडमा पुगेकी प्रतियोगीलाई शोका होस्ट अमिताभ बच्चनले पाउ छोएर स्वागत गरे । उनी समाजको मूल सुविधाबाट बञ्चित वर्गको लागि काम गर्ने गैर सरकारी संस्था इन्फोसिसकी प्रमुख पद्मश्री सुधा मूर्ति थिइन् । बलिउडका महानायकले दिएको सो सम्मान देखेर सुधा छक्क परेकी थिइन् । यो भाग आज शुक्रबार बेलुकी टेलिभिजनमा प्रसारण हुनेछ ।
शोको प्रोमो रिलिज भएको छ । प्रोमोमा अमिताभले सुधाको परिचय दिँदै भनेका छन् ‘समाजमा मूल सुविधाबाट बञ्चित अण्डरप्रिभिलेज मानिसहरुको उत्थान, उनीहरुको आत्मनिर्भरता र उनीहरुको कल्याणका लागि समर्पित, एक साधारण जीवन बिताउने असाधारण समाजसेविका, जो एक शिक्षिका र चर्चित लेखिका हुनुहुन्छ । उहाँले इन्फोसिस फाउण्डेशनको माध्यमबाट ६० हजार पुस्तकालयको स्थापना गर्नुभएको छ ।’
हेर्नुहोस् प्रोमो –
No ads found for this position


डिसी नेपाल
Facebook Comment