कौन बनेगा करोडपतिमा पुगेकी प्रतियोगीलाई अमिताभ बच्चनले पाउ छोएर स्वागत गरे

डिसी नेपाल
१३ मंसिर २०७६ ११:४९

मुम्बइ। भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’को अन्तिम कर्मवीर एपिसोडमा पुगेकी प्रतियोगीलाई शोका होस्ट अमिताभ बच्चनले पाउ छोएर स्वागत गरे । उनी समाजको मूल सुविधाबाट बञ्चित वर्गको लागि काम गर्ने गैर सरकारी संस्था इन्फोसिसकी प्रमुख पद्मश्री सुधा मूर्ति थिइन् । बलिउडका महानायकले दिएको सो सम्मान देखेर सुधा छक्क परेकी थिइन् । यो भाग आज शुक्रबार बेलुकी टेलिभिजनमा प्रसारण हुनेछ ।

शोको प्रोमो रिलिज भएको छ । प्रोमोमा अमिताभले सुधाको परिचय दिँदै भनेका छन् ‘समाजमा मूल सुविधाबाट बञ्चित अण्डरप्रिभिलेज मानिसहरुको उत्थान, उनीहरुको आत्मनिर्भरता र उनीहरुको कल्याणका लागि समर्पित, एक साधारण जीवन बिताउने असाधारण समाजसेविका, जो एक शिक्षिका र चर्चित लेखिका हुनुहुन्छ । उहाँले इन्फोसिस फाउण्डेशनको माध्यमबाट ६० हजार पुस्तकालयको स्थापना गर्नुभएको छ ।’

हेर्नुहोस् प्रोमो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *