दैलेखमा हाइस दुर्घटना ३ जनाको मृत्यु, ७ घाइते

डिसी नेपाल
१३ मंसिर २०७६ १२:३२

काठमाडौं। सुर्खेतबाट दैलेखतर्फ गइरहेको हाइस बस दुर्घटना भएको छ। शुक्रबार सुर्खेतबाट दैलेखतर्फ गइरहेको हाइस दैलेखको घोडावास र गाइबान्नाको बिचमा पर्ने मुङ्ग्रा भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ।

घटनामा ३ जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार भे १ ज १०२९ नम्बर हाइस सडकदेखि करिब २५० मिटर तल खसेको छ।

घटनाको विस्तृत विवरण आइनसेकेको प्रहरीले जनाएको छ। उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ। मृतकहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो सडक खण्डमा हाइस लगातार दुर्घटनामा पर्ने गरेका छन्। ओरालोतर्फ हाइसमा ब्रेक नलाग्ने प्राविधिक समस्याका कारण पनि यो क्षेत्रमा हाइस दुर्घटनामा पर्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *