‘छ माया छपक्कै’ले ५१ औं दिन मनायो

डिसी नेपाल
१३ मंसिर २०७६ १३:३४

काठमाडौं। असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले शुक्रबार (आज) प्रदर्शनको ५१ औं दिन पार गरेको छ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको फिल्मले राजधानीका ६ वटा हलमा ५१ दिन मनाएको हो।

फिल्मले अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज, गंगा हल, गुण सिनेमाज, सिडिसि सिनेमाज र विएसआर सिनेमाजमा प्रदर्शनको ५१औं दिन मनाएको दीपकराजले फेसबुकमार्फत जानकारी दिएका छन्।

५१ औं दिनसम्म ‘छ माया छपक्कै’ ले १४ करोडको ब्यापार गरेको जानकारी प्राप्त छ। तर, निर्माता र वितरक कम्पनीले भने यसको पुष्टि गरेको छैन्।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको प्रस्तुतिमा दीपेन्द्र लामाले फिल्मको निर्देशन गरेका हुन्। पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण गरिएको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ।

योसंगै यसवर्ष प्रदर्शनको गौरवमय ५१ मनाउने फिल्मको संख्या चार पुगेको छ। यसअघि ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ले ५१ दिन मनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *