काठमाडौंमा फोटो स्टुडियोको आडमा नक्कली प्रमाणपत्र बनाउने धन्दा

डिसी नेपाल
१३ मंसिर २०७६ १४:२१
4
Shares

काठमाडौं। काठमाडौंमा फोटो स्टुडियो संचालन गर्ने र त्यसैको आडमा नक्कली शैक्षिक प्रमाणपत्र र अन्य कागजात बनाउने ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

ओखलढुंगा रानीवन–७ घर भइ हाल काठमाडौंको गोंगबुमा श्रेष्ठ फोटो स्टुडियो संचालन गर्ने ३४ वर्षका सविन कुमार तोलाङगी, चितवन रत्ननगर १६ पिठुवा घर भइ हाल सिनामंगलमा स्टार फोटो स्टुडियो संचालन गरिरहेका ३४ वर्षका अमृत सुर्खेती र धादिङ नीलकण्ठ नगरपालिका ९ घर भइ महाराजगञ्जमा दुवाडी डिजिटल फोटो स्टुडियो संचालन गर्ने २६ वर्षका मधुसुदन दवाडी पक्राउ परेका हुन् ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार तीनै जनाले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ बमोजिम लिखत सम्बन्धी कसूर अन्तर्गत दफा २७६ विपरित कसूर गरेको देखिएको हुँदा सोही अनुसार मुद्दा अगाडि बढाइनेछ । दफा २७६ (३ को ग) बमोजिम तीनैजनालाई बढीमा ७ वर्षको कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *