जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते

डिसी नेपाल
१३ मंसिर २०७६ १६:४५

रुकुमपूर्व । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो ।

घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *