प्यूठानमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, ४ घाईते

डिसी नेपाल
१४ मंसिर २०७६ ८:४४

प्यूठान । शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन्।

ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो।

गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *