‘हंगामा २’ मा शिल्पा शेट्टी र परेश रावलको जोडी

डिसी नेपाल
१४ मंसिर २०७६ १०:३४

मुम्बई । प्रियदर्शनको निर्देशनमा बन्न लागेको चलचित्र ‘हंगामा २’मा शिल्पा शेट्टी र परेश रावल जोडी हुने बताइएको छ । यी दुई कलाकारसँगै मीजान जाफेरी र दक्षिण भारतीय अभिनेता प्रणिता सुभाष पनि हुने छन् ।

६ जनवरीबाट छायांकनमा जाने चलचित्रमा अभिनेत्री शेट्टी निकै महत्वपूर्ण, ग्लैमरस तर ‘हिलारियस’ भूमिकामा देखिने चलचित्रका निर्देशक प्रियदर्शनले बताएका छन् । शिल्पा एक ‘ग्लामरस’ करियर उन्मुख भूमिकामा छन् ।

चलचित्रमा भ्रम र कलाकारहरुविच तालमेल नमिल्दा थुपै हास्यास्पद अवस्थाहरु आउने भएको कारण चलचित्रको नाम ‘हंगामा २’ राखेको बताइएको छ । तर नाम मिले पनि हंगामासँग भने चलचित्रको प्लट र कथा नमिलेको उनले दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *