क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी

डिसी नेपाल
१४ मंसिर २०७६ १९:३१

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ ।

शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुन गईरहेको आयोजकले जनाएको छ ।

यस कार्यक्रममा नेपाली चलचित्र समाज, गोल्डेन स्टेट चलचित्र मेकर, हिमालयन फाउन्डेसन कर्पोरेशनलगायतका संस्थाहरूको संयुक्त आयोजनामा नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकारको साथमा प्रदर्शनमा आएको हो ।

‘आफ्नै नाम, शान र पहिचान’ भन्ने नारासहित आयोजना हुन गईरहेको अवार्ड नेली कलाकारहरु जमघट कुम्भमेलाको रुपमा हेरिएको छ । कार्यक्रममा नेपालदेखि अमेरिकामा रहेका कलाकारहरुको अभुतपूर्व जमघट हुदैछ ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतूले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका यज्ञलाल श्रेष्ठ बताउँछन्।

यसै सन्दर्भमा नेपाली फिल्म अवार्ड–२०१९ को ऐतिहासिक क्षणमा ‘राईज अप’ वृतचित्र को पनि प्रदर्शनी हुने भएको छ । मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया Beverly Hills मा २ वर्षे अभिनय कोर्स पूरा गरि केही अन्तराष्ट्रय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् ।

जसमा एस राज प्रोडक्शनका शंकरराज वाग्ले र सन्जय कार्कीको छांयाकन रहेको छ भने यस वृतचित्रमा शंकरराज वाग्लेले निर्देशन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *