श्रीलंकाले भुटानलाई हरायो

डिसी नेपाल
१८ मंसिर २०७६ २०:०१

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा श्रीलंका अन्डर–२३ ले भुटानआई १७३ रनले पराजित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ७५ रन मात्र बनाउन सक्यो।

भुटानको लागि रनजंग दोर्जीले सर्वा्धिक २२ तथा सोनाम टोबगेले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाको बलिंगमा सचिन्दु कोलाम्बागे र जेहान ड्यानियलले समान २–२ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर २४८ रन बनाएको थियो।

श्रीलंकाको लागि पाथुम निस्संकाले सर्वा्धिक ७६ रन तथा निशान मादुस्काले ६५ रन बनाए। भुटान बलर थिन्ले जम्तसो, कर्मा दोर्जी, तोबदेन सिंगे र तेन्जिन वांगचुकले समान १र१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच श्रीलंकाका पाथुम निस्संका चुनिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *