सागको फाइनलका दिन रंगशालामा सांसद र कर्मचारीको फुटबल, हेर्नुहोस् १३ तस्वीर

डिसी नेपाल
२४ मंसिर २०७६ १२:५०

काठमाडौं। संसद सेवा दिवसको अवसर पारेर दशरथ रंगशालामा संघीय संसदका सदस्य र संसद सचिवालयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल जारी छ। सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संसद सचिवालयका कर्मचारीको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरिररहेका छन्।

संसद सचिवालयले मंसिर २८ गते संसद सेवा दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको र सोही क्रममा आज सांसद र सचिवालयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *