जुन अदालतमा बुवा कार्यालय सहयोगी थिए, त्यही अदालतमा छोरी न्यायाधीश बनिन्

डिसी नेपाल
१९ मंसिर २०७६ ९:२३

नयाँ दिल्ली। प्रत्येक आमा बुवा आफ्ना सन्तानका लागि जस्तो सुकै मुश्किल झेल्न तयार हुन्छन्। आफ्ना सन्तानको सुन्दर भविष्यका लागि आमा बुवा जस्तो सुकै त्या गर्नसमेत तयार हुन्छन्। कतिपय आमा बुवाको चाहना आफ्ना सन्तान अफिसर भएको हेर्न चाहन्छन्।

आज हामी एउटा यस्तो व्यक्तिका बारेमा जानकारी दिन गइरहेका छौं जो अदालतमा कार्यालय सहयोगीको काम गर्थे। जुन अदालतमा उनी कार्यालय सहयोगीको काम गर्छन् त्यही अदालतमा उनकी छोरी न्यायाधीश बनेर पुगेकी छन्।

यो घटना ती लाखौंका लागि प्रेरणा हो आफ्ना लक्ष्य भेट्टाउनका लागि दिनरात संघर्ष गर्छन्। अदालतमा कार्यालय सहयोगीको काम गर्ने ती व्यक्तिले आफ्नो झुपडीमा आफ्नी छोरीलाई न्यायाधीश बनाउने सपना देखेका थिए।

अहिले उनको सपना साकार भएको छ। ती बुवाको नाम गौरीनन्दन हो। गौरीनन्दनकी छोरी अहिले अदालतकी न्यायाधीश बनेकी छन्। अर्चनलाई आफ्नो बुवाले कार्यालय सहयोगीको रुपमा काम गरेको मन पर्दैन थियो। त्यही भएर उनले न्यायाधीश बन्ने योजना बनाइन् र त्यसका लागि मेहनत पनि गरिन्।

उनले आफ्नो सानो झुपडीमा न्यायाधीश बन्ने सपना त देखिन् तर सपनालाई साकार बनाउन सजिलो थिएन। उनले निकै कठिनाइको सामना गर्नुपर्यो। तर उनले हार मानिनन्। त्यसको नतिजा आज उनी न्यायाधीश बन्न सफल भइन्।

तर उनी आफ्ना बुवा जिवित हुँदै न्यायाधीश बन्न भने सकिनन्। अर्जनाका अनुसार बुवाको मृत्युपछि उनकी आमाले उनको सपना साकार पर्न ठूलो भूमिका निर्वाह गरिन्।

अर्चनको सपना पूरा गर्न उनका श्रीमानले पनि ठूलो भूमिका निर्वाह गरे। अर्चनका श्रीमान रंजन पटना मेडिकल कलेज अस्पतालमा क्लर्क पदमा कार्यरत छन्। अर्चनालेआफ्नो सफलताका लागि आफ्ना श्रीमान, आमा र शुभचिन्तकलाई धन्यवाद दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *