आज स्वरसम्राट नारायण गोपालको स्मृति दिवस

डिसी नेपाल
१९ मंसिर २०७६ ११:०३

काठमाडौं। स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस। सांगीतिक क्षेत्रका अजम्बरी यी गायकको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।

सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ। जहाँ विभिन्न कलाकारहरुले नारायणगोपालका चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। त्यस्तै महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ।

नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन्। उनले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन्।

वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा आजकै दिन निधन भएको थियो।

उनले ‘एउटा मान्छेको मायाले’, ‘पर्खि बसेँ आउला भनि’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘म त लालिगुरास भएछु, ‘पोखिएर घामको झुल्का’ जस्ता सयौं कालजयी गीत गाएका छन्। उनको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *