यदि विश्वभर बिजुली कटौती हुने हो भने…

डिसी नेपाल
१९ मंसिर २०७६ ११:३९

बीबीसी। जीवनलाई सजिलो बनाउनका लागि मानिसले जति पनि आविष्कार गरेका छन्, ती मध्ये सबैभन्दा महत्वपूर्ण आविष्कार बिजुली हो। यो आधुनिक जीवनको लाइफलाइन हो।

बिजुली बिना आज जीवनको कल्पना असंभव जस्तै हुन्छ। यदि एउटा घरमा बिजुली गयो भने त्यो घरको सबै काम ठप्प हुन्छ। अर्थात जीवन नै रोकिन्छ।

यस्तो अवस्थामा सोच्नुनस यदि पूरै देशमा बिजुली गयो भने कस्तो हाहाकार होला? यसको सबैभन्दा पछिल्लो उदाहारण ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा देख्न पाइन्छ।

भेनेजुएलमा यही वर्ष मार्च महिनामा अचानक पूरै देशको पावर सप्लाई बन्द भयो। पूरै देश अन्धकार भयो। अचानक पैदा भएको यस्तो अवस्थाका लागि भेनेजुएला पहिलादेखि तयारी अवस्थामा थिएन।

जसै बिजुली आपूर्ती रोकियो, सबैतिर हाहाकार फैलियो। सबैभन्दा धेरै तनाव त अस्पतालले झेल्नुपर्यो। आपतकालीन सेवाका लागि जुन जेनेरेटर र पावर बैंक थिए, ती सबै प्रयोग भएर सकिएका थिए।

डाक्टर मोबाइलको लाइट बालेर अपरेशन गरिरहेका थिए। जो विमारी भेन्टिलेटरमा थिए, उनीहरुलाई हाते पम्पमार्फत सास दिने कोशिश गरियो।

आईसीयूमा मेशिन बन्द थिए। बिमारीको अवस्था बिग्रिँदै गएको थियो। डाक्टर लाचार थिए। बिमारी डाक्टरकै आँखा अगाडि मृत्युवरण गरिरहेका थिए। पाँच दिनसम्म भेनेजुएलाको अवस्था त्यस्तै रह्यो। यी पाँच दिनमा बिजुली नभएका कारण भेनेजुएलमा २६ जना मानिसले आफ्नो ज्यान गुमाए।

जब मृत्यु बनेर आयो भेनेजुएलाको ब्लयाकआउट

बिजुली आपूर्ती संकटका क्रममा स्वास्थ्य सेवामा डेटा जाम गर्ने डाक्टरहरुका अनुसार यस क्रममा जति बिमारीको मृत्यु भयो, ती मध्ये धेरै जस्तो यस्ता थिए जो डायलिसिस गराउन आएका थिए। यदि बिजुली हुन्थ्यो र मेशिन चालु हुन्थे भने ती बिमारीलाई बचाउन सकिन्थ्यो।

भेनेजुएलाको यो बिजुली ब्ल्याकआउटको असर अस्पतालसम्म मात्र सीमित रहेन। बहुतले भवनमा बस्ने मानिसले त्यसको असरको सापना गर्नुपर्यो।
लिफ्ट ठप्प भएका कारण बृद्ध र बालबालिकाले सास्ती व्यहोर्नु पर्यो। फ्रिज बन्द थिए। जसका कारण खाना समयमा खान पाइएन। मोबाइल, कम्प्युटरको ब्याट्री सकिँदा सम्पर्कमो माध्यम टुट्यो।

ट्राफिक लाइट बन्द हुँदा ठाउँ ठाउँमा ट्राफिक जाम भयो। सडकमा हाहाकार मच्चियो। पानी तान्न मोटर पम्प चलाउन नपाउँदा मानिसहरुले नदी र झरनाको पानी पिउनु पर्यो।

भेनेजुएलाले यो वर्ष कयौं पटक बिजुलीको यस्तो संकट झेल्यो। कहिले यो संकट चाँडै सकियो भने कहिले ब्लयाकआउट केही दिनसम्म चल्यो। कहिले केही घण्टाको कटौती भयो कहिले केही दिनसम्म पनि बिजुली आएन।

सेन्ट्रल युनिभर्सिटी अफ भेनेजुएलाका जुलियो कास्त्रोका अनुसार यदि कुनै अस्पतालमा चार घण्टासम्म बिजुली गयो भने त्यसलाई सामान्य मान्न सकिँदैन। सबैभन्दा धेरै समस्या पानीको हुन्छ। बिजुली कटौती हुने दिन बिमारीलाई घरबाट पानी लिएर आउन सुझाव दिन थालियो।

भेनेजुएला दक्षिण अमेरिकाको एउटा यस्तो देश हो, जो प्राकृतिक तेलबाट मालामाल मुलुक हो। फेरि पनि यहाँका मानिस बिजुली जस्ता अत्यावश्यक चीजको अभावसँग जुधिरहेका छन्। यद्यपी भेनेजुएलाको सरकारले त्यसो सम्पूर्ण दोष आतंकवादीको टाउकोमा थोपरेको छ।

जबकि केही जानकारहरुका अनुसार देशमा यस्तो अवस्थाका लागि पुरानो भइसकेका बिजुलीका ग्रिड जिम्मेवार छन्। जसको लमो समयदेखि न मर्मत सम्हार हुन सकेको छ, न तीनको ठाउँमा नयाँ लाइननै लगाइएको छ।

लमो समय र ठूलो मात्रामा बिजुली आपूर्ती सप्लाई ठप्प हुँनुलाई अंग्रेजीमा ब्लयाक स्काई इभेन्ट भनिन्छ। यस्तो अवस्था ती देशमा मात्र होइन जहाँ टावरको अवस्था खराब छ, वाइरिङ पुरानो छ। क्यानडा र अमेरिका जस्ता विकसित मुलुकमा पनि कयौं पटक लामो समयसम्म बिजुली जाने गरेका उदहारण छन्।

त्यहाँका जनताले पनि लामो समयसम्म बिजुली कटौतीको सामना गर्नु परेको छ। तर यी मुलुकमा यस्तो अवस्था कहिलेकाँही प्राकृतिक कारण जस्तै समुद्री वा जेल तुफानका कारणले मात्रै हुन्छ।

जब सडकमै रोकिए सवारी साधन

उही वर्ष जुन महिनामा ल्याटिक अमेरिकी मुलुक उरुग्वे, अर्जेन्टिना र पराग्वेमा बिजुली कटौती हुँदा करिव चार करोड मानिस अँध्यारमो बस्नु परेको थियो। यसैगरी अगस्ट महिनामा बेलायतमा करिव दश लाख मानिस अन्धकारमा बन्नुपर्यो।

अचानक बिजुली गएपछि जीवन नै रोकिएजस्तो भयो। जो मानिस रेलमा यात्रा गरिरहेका थिए, उनीहरु त्यँही फसे। सडकमा ट्राफिक जाम भयो। ग्यास फायर पावर प्लान्ट र विंड पावर प्लान्ट एकै पटक बन्द गर्नुपर्यो।

तर अहिले बिजुली कटौतीका यस्ता घटनामा कमी आउन थालेको छ। तर जानकारहरुका अनुसार बढ्दो जनसंख्यासँगै बढ्दो बिजुलीको मागका कारण बिजुली कटौतीको समस्या दोहोरिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *