बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनीको २६ वर्षको कलिलो उमेरमै निधन

मुम्बइ। बलिउडका दिग्गज अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनी सायमा तामसी सिद्दिकीको २६ वर्षको कलिलो उमेरमै निधान भएको छ । उनी विगत ८ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । उनले पुणेमा अन्तिम सास लिइन् । रिपोर्टका अनुसार नवाजुद्दिन एक सुटिङको सिलसिलामा आफ्ना भाइ फैजुद्दिनको साथमा यतिबेला अमेरिकामा छन् ।

गत वर्ष अक्टोबरमा नवाजले आफ्नी बहिनीको बारेमा सामाजिक संजालमा पोस्ट गरेका थिए । उनले आफ्नो ट्वीटरमा बहिनीलाई जन्मदिनको शुभकामना दिँदै आफ्नी बहिनीलाई १८ वर्षको उमेरमा स्तन क्यान्सर भएको खुलासा भएको बताएका थिए । १३ अक्टोबरमा गरिएको यो ट्वीटमा नवाजले लेखेका थिए ‘आज उनी २५ वर्षकी भइन् र उनी अहिले पनि लडिरहेकी छिन् । म डा. आनन्द कोपिकर र डा. लालेश बुश्रीको आभारी छु कि उहाँहरुले उनलाई हौसला दिइरहनुभएको छ । म रसुल पुकुट्टीको पनि आभारी छु कि उहाँले मलाई यी डाक्टरसँग भेटाइदिनुभयो ।’

रिपोर्टका अनुसार नवाजकी बहिनी सायमाको अन्तिम संस्कार उत्तर प्रदेशस्थित उनीहरुको प्रतृक गाउँ बुधानामा हुनेछ । यहाँ उनको पूरा परिवार र नजिकका आफन्त सहभागी हुने बताइएको छ । सायमाको अन्तिम संस्कार आज गरिने बताइएको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position